सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राई फुड्स जफत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राई फुड्स जफत

काठमाडौं, २२ कात्तिक । सरकारले ललितपुरको सातदोबाटो स्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ड्राई फुड्स जफत गरेको छ । तिहारमा अति आवश्यक खाद्य बस्तुको बिक्री केन्द्रको अनुगमनको कामलाई तीव्रता दिएको सरकारी टोलीले अनुगमनको क्रममा म्याद नाघेको भेटिएपछि सेल्सबेरी डिपार्टमेन्ट स्टोरको ५२ केजी ड्राई फुड्स जफत गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग नेतृत्वको अनुगमन टोलीले मिठाईमा प्रयोग गर्ने फ्लेबर वाटर पनि गुणस्तरहिन भएको पाइएपछि जफत गरेको छ । म्याद नाघेको, उत्पादक कम्पनीको नाम समेत उल्लेख नगरिएको चाइनिज ब्रान्डका ड्राई फ्डस सो स्टोरमा भेटिएकाले जफत गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिए।

सरकारले उपभोक्ताको हितलाई ध्यानमा राखेर तिहारको बेलामा पनि बजार अनुगमनको कामलाई तीव्रता दिएको हो । खाद्य बस्तु बिक्री वितरण अत्याधिक हुने भएकाले आम उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर सार्वजनिक विदाको दिन पनि बजार अनुगमनको कामलाई निरन्तरता दिइएको खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताए ।

बुधबार गुणस्तरहिन पाइएको भन्दै सरकारी अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको दुधजन्य बस्तु बिक्रीवितरणमा रोक लगाएको थियो ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);