देवकोटाकाे निवासलाई स्मृति संग्रहालयका रुपमा स्थापित गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

देवकोटाकाे निवासलाई स्मृति संग्रहालयका रुपमा स्थापित गरिने

फूलमाया आले

काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औं जन्मजयन्तिको अवसरमा उनको घरलाई संग्रहालयको रुपमा राख्ने भन्दै ट्वीट गरेका छन् । लक्ष्मीप्रसाद देवकोटाको त्यो घर अहिले कस्तो अवस्थामा छ त ?

विक्रम सवत १९६६ साल कात्तिक कृष्ण औँशी अर्थात लक्ष्मीपूजाका दिन जन्मीएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १० औँ जन्मजयन्ती बुधबार मनाइएको छ । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका छन् । उनै महाकवि देवकोटाको १ सय १० औँ जन्मजयन्तीको अवसरमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटर मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई परिवारसँगको परामर्शमा उपयुक्त मुल्य तय गरी सरकारले खरिद गर्नेछ र त्यसलाई देवकोटा स्मृति संग्रहालयका रुपमा स्थापित गरिनेछ । जहाँ, उहाँजस्तो विश्वस्तरीय नेपाली साहित्यकारको जीवनसँग जोडिएका तथ्य र सामग्री संग्रहित हुनेछन् भनेर बताएका छन् ।

 

महाकवि देवकोटाको घर र वरिपरि रहेको जग्गा १२ आना छ । २०७२ साल वैशाख १२ गते आएको महाभुकम्पको कारण उनको घर अहिले क्षतिग्रस्त अवस्थामा छ । बाहिरबाट हेर्दा राम्रै देखिएपनि भित्र भत्किएर भताभुङ्ग अवस्थामा छ ।

अनि त्यही भत्किएको र चर्किएको अवस्थामा रहेको घरको दोस्रो तल्लाकोबीचको कोठामा महाकवि देवकोटाको विभिन्न फोटोहरु झुण्डिएर बसिरहेको छ । महाकवि देवकोटाका विभिन्न पुस्तकहरु दराजमा धुलाम्य अवस्थामा छन् ।

उनले प्रयोग गरेका विभिन्न सामानहरु पनि यत्रतत्र छरिएर धुलाम्य अवस्थामा नै छन् । आफ्नै घरमा बसेर, खेलेर बाल्यकाल बिताएका महाकवि देवकोटाका माहिली छोरी अम्बिकादेवी रिमाल अहिले आफ्नो घरलाई विग्रेको अवस्थामा देख्दा मन रुने बताउँछिन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);