संघको मातहतमा ३ वटा मात्रै संग्राहलय राख्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

संघको मातहतमा ३ वटा मात्रै संग्राहलय राख्ने तयारी

rabindra

काठमाडाैं, १४ जेठ । सरकारले संघको मातहतमा ३ वटा मात्रै संग्राहलय राख्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले संघको मातहतमा राष्ट्रिय संग्राहलय, नारायणहिटी ऐतिहासिक संग्राहलय र नेपाल राष्ट्रिय सांस्कृतिक संग्राहलय रहने बताएका छन् ।

सोमबार छाउनीस्थित राष्ट्रिय संग्राहलयको अवलोकनपछि मन्त्री अधिकारीले अरु सबै संग्राहलय स्थानीय तहलाई विधिवत रुपमा हस्तान्तरण गरिने उनले बताए । उनले सबै जातीय संग्राहलयलाई मिलाएर नेपाल राष्ट्रिय सांस्कृतिक संग्राहलय बनाउन लागिएको पनि जानकारी दिए । सरकारले सो संग्राहलय ललितपुरको चम्पादेवीमा बनाउन सुरु गरिसकेको छ ।

मन्त्री अधिकारीले राष्ट्रिय संग्राहलयको उचित व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध गराउने आश्वासन पनि दिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);