माथिल्लो तामाकोसीबाट आगामी पुस मसान्त भित्र विद्युत उत्पादन हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

माथिल्लो तामाकोसीबाट आगामी पुस मसान्त भित्र विद्युत उत्पादन हुने

काठमाडाैं, १४ जेठ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट आगामी पुस मसान्त भित्र विद्युत उत्पादन हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् माथिल्लो तामाकोसी जलविद्युत लिमिटेडका अध्यक्ष कुलमान घिसिङले समयमै माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्नेगरी काम भईरहेको बताए ।

लिमिटेडको १० औं वार्षिक साधारणसभाको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस आयोजनालाई समयमै पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् लागि परेको बताए ।

कार्यकारी निर्देशक घिसिङले दैनिक १ करोड व्याजमात्रै तिर्नुपर्ने अवस्थाबाट मुक्त हुन पनि यो आयोजनालाई समयमै सम्पन्न गर्नुको विकल्प नरहेको बताए । उनले आयोजना निर्माणमा देखिएका समस्या समाधान गर्न आयोजना संचालक समिति र व्यवस्थापन पक्ष लागि परेको स्पष्ट पारे ।

कार्यकारी निर्देशक घिसिङले आयोजनाको करिव ९५ प्रतिशत काम सम्पन्न भईसकेको जानकारी दिए । ३५ अरव २९ करोड अनुमानित लागत रहेको यो आयोजनाको लागत बढेर ४९ अरव २९ करोड ५५ लाख पुग्ने अनुमान गरिएको छ ।

भूकम्पले पु-याएको क्षतिका कारण पनि आयोजनाको लागत बढ्न गएको आयोजना व्यवस्थापन पक्षको दावी छ । कार्यकारी निर्देशक घिसिङले दोलखाबासी र सर्वसाधारणको नाममा जारी हुने सेयर बाँडफाँडमा अब ढिलाई नहुने स्पष्ट पारेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);