कुलमान भन्छन् 'प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास भयो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कुलमान भन्छन् ‘प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास भयो’

kulman

काठमाडौं, २५ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगतमा लोड सेडिङ गराउनेहरुले प्राधिकरणको नेतृत्वलाई कमजोर बनाउने प्रयास गरिरहेको दावी गरेका छन् ।

कार्यकारी निर्देशक घिसिङले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले लोड सेडिङमुक्त गराएको र प्राधिकरणलाई नाफामा लगेको मन नपराउने तत्वहरुले विगतका प्राधिकरणका नेतृत्वको निर्देशनमा आफूहरुमाथि आपेक्ष लगाउने काम गरिरहेको भन्दै आपत्ति जनाए ।

उनले प्राधिकरणलाई कमजोर बनाउने विगतका नेतृत्व र प्राधिकरण भित्रका कर्मचारीहरु को हुन ? भन्ने विषय आफूहरुलाई थाहा भएको बताए । आफूमाथि ६० लाख भत्ता लिएको आरोप विभिन्न समाचार माध्याममार्फत् ती तत्वहरुले लगाएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले आफूले कार्यसम्पादन मूल्यांकन समितिको सिफारिसमा ६ लाख मात्रै भत्ता बुझेको पनि स्पष्टिकरण दिए ।

उनले आफू आएबाट प्राधिकरणका सबै गतिविधि पारदर्शी रहेको र त्यसमा शंका लागे छानवीन गर्ने अधिकार सरकारलाई सुरक्षित रहेको पनि स्पष्ट पारे ।

कार्यकारी निर्देशक घिसिङले आगामी चार वर्ष भित्र सबै नागरिकको पहुँचमा विद्युत पु¥याउने सरकारको लक्ष्य पूरा हुने गरी प्राधिकरणले काम गरिरहेको स्पष्ट पारे । उनले त्यसका लागि अपर कर्णाली, दुधकोशी, माथिल्लो तामाकोसी–५ जलविद्युत आयोजनाको कामलाई अघि बढाउन लागिएको बताए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणलाई अझै गतिका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);