त्रिविका विद्यार्थीले अब २४ घण्टाभित्रै लब्धांकपत्र पाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

त्रिविका विद्यार्थीले अब २४ घण्टाभित्रै लब्धांकपत्र पाउने

tu

तेजना पण्डित

काठमाडौं, १४ जेठ । अब त्रिभुवन विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले २४ घण्टाभित्रै लब्धांकपत्र पाउने भएका छन् । त्रिवि अन्तर्गतको परिक्षा नियन्त्रण कार्यालयले विशेष सफ्टवेयरको प्रयोग गरी ‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ को सुरुवात गरेपछि विद्यार्थीहरुले सहजरुपमा लब्धांकपत्र पाउने भएका हुन् ।

त्रिभुवन विश्वविद्यालय अन्र्तगत बर्षेनी विभिन्न तहमा गरी करिब ८ लाख विद्यार्थीहरुले परिक्षा दिने गरेका छन् । परिक्षामा उतीर्ण भएका विद्यार्थीहरुले लब्धांकपत्र लिन भने हप्तै कुर्नुपर्ने बाध्यता थियो ।

त्यती मात्र होइन एउटै कामका लागि पटक–पटक परिक्षा नियन्त्रण कार्यालय धाउनुपर्ने र घण्टौ लाइनमा बस्नुपर्ने बाध्यताले विद्यार्थी आजित छन् । विद्यार्थीले भोगेका यस्ता समस्यालाई मध्यनजर गर्दै अब भने त्रिभुवन विश्व विद्यालयले विषेश सफ्टवेयर सञ्चालनमा ल्याएको छ ।

‘परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली’ नाम दिइएको सफ्टवेयर सञ्चालनमा आएपछि विद्यार्थीले २४ घण्टाभित्रै लब्धांकपत्र पाउने उपकुलपति तीर्थराज खनियाँले बताए ।

उक्त सफ्टवेर पहिलो चरणमा शिक्षा शास्त्र संकाय अन्तर्गत विएड उर्तीण विद्यार्थीहरुको प्रमाणपत्र वितरणका लागि प्रयोग गरिएको छ । विस्तारै सबै संकायमा यो प्रणाली लागु गर्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै विश्वविद्यालयले परिक्षा सम्बन्धि सबै व्यवस्थापन अनलाईन सेवाबाट विस्तार गर्ने योजना बनाएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । यसैगरी विश्वविद्यालयले विद्यार्थीहरुलाई लाइन बस्ने झन्झटबाट मुक्त गर्नका लागि ई–बैंकिङ प्रणाली पनि सुरु गर्ने तयारी गरेको छ ।

विश्वविद्यालयको यो कदमलाई विद्यार्थीहरुले पनि स्वागत गरेका छन् । केही विद्यार्थीहरुले भने यो प्रणाली दीर्घकालिन हुनेमा आशंका व्यक्त गरेका छन् ।

त्रिविको यो कदमसँगै शैक्षिक प्रमाणपत्र लिनका लागि घण्टौं लाइन बस्नु पर्ने र हप्तौं विताउनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गर्न सकिन्छ । लब्धांकपत्र वितरणमा मात्र होइन, विश्वविद्यालयसँग सम्बन्धित अन्य काम पनि सहज बनाउन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);