त्रिविमा पढ्नभन्दा पढेर प्रमाणपत्र लिन अप्ठ्यारो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

त्रिविमा पढ्नभन्दा पढेर प्रमाणपत्र लिन अप्ठ्यारो

tu pariksha niyatran karyalay

प्रविधिमैत्री बन्न त्रिविलाई विद्यार्थीको सुझाव

कविता कार्की
काठमाडौं, १ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा परीक्षा फर्म भर्नेदेखि शैक्षिक प्रमाणपत्रका लागि प्रत्येक दिन लामो लाइन देख्न सकिन्छ । प्रविधियुक्त वर्तमान समयमा पनि प्रमाणपत्र प्राप्तीका लागि लामो लाइन लाग्नुपर्ने वाध्यता हटाउन विश्वविद्यालयले भने पहल थालेको देखिँदैन ।

पढ्नभन्दा पढेर प्रमाणपत्र लिन अप्ठेरो हुन्छ भन्दा अचम्म लाग्ला । तर अचम्म मान्नुपर्दैन यस्तै वास्तविकता रहेको छ, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको । त्रिभुवन विश्व विद्यालय स्तरको परीक्षा पास गरि प्रमाणपत्र लिन पढ्न भन्दा पनि अप्ठेरो भएको विद्यार्थीहरुले गुनासो गर्दै आएका छन् ।

प्रविधियुक्त वर्तमान समयमा पनि प्रविधिको प्रयोग गर्नुको साटो विद्यार्थीहरुलाई लामो लाइन वस्नुपर्ने बाध्यता रहेको छ । विश्वविद्यालयले लाइन वस्नुपर्ने वाध्यताको अन्त्य गर्न २०७५ साल जेष्ठ १३ गते देखि शिक्षा संकायका अध्ययनरत विद्यार्थीहरुलाई ट्रान्सक्रिप्टका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको थियो ।

विश्वविद्यालयले उपत्यका बाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गरेको जनाए पनि उक्त व्यवस्था भने प्रभावकारी हुन सकेको छैन । त्यसो त अनलाइन प्रविधिमात्र होइन परीक्षा नियन्त्रण कार्यालयमै आएर ट्रान्सक्रिप्ट लिदा पनि घन्टौ लाइनमा बस्नु पर्ने, र विभिन्न बहाना देखाउँदै महिनौसम्म दुःख दिने काम गरेको विद्यार्थीहरुले बताएका छन् ।

विद्यार्थीहरुले प्रविधिमैत्री वर्तमान समयमा विश्वविद्यालयले पनि आफुलाई त्यसतर्फ अघि वढाउनुपर्ने बताएका छन् । विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयमा लाइन लागेर भौचर भर्नुपर्ने व्यवस्थाको अन्त्य गरी अनलाइन पेमेन्टको व्यवस्था गर्न विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन् ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले भने परीक्षा नियन्त्रण कार्यालयवाट विद्यार्थीहरुलाई छिटो छरितो ढंगले सेवा दिएको दाबी गर्दै आएका छन् । विश्वविद्यालयका पदाधिकारीले छिटो छरितो रुपमा विद्यार्थीहरुलाई सेवा दिइरहेको बताए पनि, सेवा लिनकै लागी दिनहुँ विद्यार्थीको लामो लाइन परीक्षा नियन्त्रण कार्यालय वल्खुमा देख्न सकिन्छ ।

यस्तै ट्रान्सकिप्ट लगाएतका प्रमाण पत्र लिन समेत यो वा त्यो बहानामा महिनौसम्म परीक्षा नियन्त्रण कार्यालय धाउनुपर्ने विद्यार्थीको बाध्यता हालसम्म पनि उस्तै छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुले छिटो छरीतो सेवा प्रदानगरी आफ्नो विग्रिएको छवी सुर्धान समयमै काम गर्न आवश्यक रहेको विद्यार्थीहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);