त्रिविमा परीक्षा फारम बुझाउन विद्यार्थीलाई सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

त्रिविमा परीक्षा फारम बुझाउन विद्यार्थीलाई सकस

tu-din

काठमाडौं, २९ असोज । मुलुककै सबैभन्दा पहिलो र ठुलो त्रिभुवन विश्वविद्यालयमा परीक्षा फारम बुझाउन विद्यार्थीले सास्ती खेप्न बाध्य हुने गरेका छन् । सूचना प्रविधिको उपलब्धतासँगै अनलाईन प्रणाली मार्फत् सहज बनाउन सकिने भएपनि त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले लाईन व्यवस्थापनको लागि ‘टोकन’को व्यवस्था गर्न समेत सकेको छैन । एउटा फारम बुझाउन पनि भीडभाडमा पटक पटक लाईन लाग्नुपर्ने र घण्टौ पर्खनु पर्ने अवस्था छ ।

त्रिभुवन विश्वविद्यालयमा मानविकी र शिक्षाशास्त्रको स्नातकोत्तर दोस्रो वर्ष, र एम.पी.ए.को परीक्षा फारम भर्न विद्यार्थीलाई निकै सकस भएको छ । फाराम भर्ने ठाउँमा लामो लाइन बस्नु पर्ने बाध्यताले विद्यार्थीलाई यो सकस परेको हो । फारम भर्ने प्रक्रिया लामो र अव्यवस्थित भएको विद्यार्थीहरुको गुनासो छ ।

त्रिविको फाराम भर्नदेखि बैंक भौचर भर्न घण्टौ लाइन बस्दा सास्ती भएको विद्यार्थीहरु बताउँछन् । केही विद्यार्थी खाजा खान निस्किएका कर्मचारी निर्धारित समयमा उपस्थित नभएको गुनासो लिएर सह–नियन्त्रक अखिलेस कुमार सिंहको कार्यकक्षमै पुगेका थिए ।

त्रिभुवन विश्वविद्यालयमा मानविकी र शिक्षाशास्त्रको स्नातकोत्तर दोस्रो वर्ष, र एम.पी.ए.को परीक्षा फारम भर्ने पैतीस दिने म्याद कात्तिक एक गते सकिँदैछ । विद्यार्थीहरु अन्तिम समयमा आउने प्रवृतिका कारण पनि भीडभाड हुने गरेको त्रिवि परीक्षा नियन्त्रकको कार्यालय बताउँछ । बल्खुका सह–नियन्त्रक अखिलेश कुमार सिंह विद्यार्थी र समयको मागलाई मध्यनजर गर्दै आगामी वर्षमा अनलाईन प्रणाली लागु गरिने बताउनु हुन्छ ।

त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र दीक्षान्त समारोहको फारमको लागि भने अनलाईन प्रणाली लागु गरिसकेको छ । तर परीक्षा फारामलाई भने अझै अनलाइन सेवामा लान सकेको छैन ।

जसका कारण परीक्षा नियन्त्रण कार्यालय र भौचर भर्ने बैंकमा विद्यार्थीहरुको ठूलो भीडभाड हुने गरेको छ । यो समस्या अहिलेको नभई वर्षौदेखिको हो । अब परीक्षा फारमलाई पनि अनलाईन प्रणाली लागु गर्न ढिलाई गर्नु हुँदैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);