काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण गरौ : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण गरौ : राष्ट्रपति

bidhya devi

काठमाडौं, ७ कात्तिक । राष्ट्रपति विद्या भण्डारीले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण गर्न सके मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण समेत गरेकी छन् ।

मंगलबार ललितपुरको च्यासलमा ज्यापु संग्राहलय महोत्सवको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको पुनर्निर्माणको कामलाई तीव्रता दिएर यहाँको जनजीवनलाई सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले जलवायु परिवर्तन र वातावरण प्रदुषणबाट हुने जोखिम न्यूनीकरण हुने गरी काठमाडौं उपत्यकाको दिगो विकास गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले भूकम्पले ध्वस्त बनाएको काठमाडौं उपत्यकाको नवनिर्माण र पुनर्निर्माणको काममा ढिलाई नगर्न सरकारसँग आग्रह गरिन् । उनले भूकम्प प्रतिरोधी आवास निर्माणको काममा तीव्रता दिन सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराइन् ।

कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको इज्जतलाई उचाईमा पुर्याउन पनि जातीय संग्राहलयहरुको स्थापना गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले ज्यापु समुदायको संस्कृतिको संरक्षण र संम्वद्र्धन गर्न सके काठमाडौं उपत्यकालाई समृद्ध बनाउन सकिने बताए ।

कार्यक्रममा संस्कृतिविद् जोशीलाई सम्मान गरिएको थियो । ज्यापु समाजले आफ्नो संस्कृतिलाई विश्वमा परिचित गराउने उद्देश्यका साथ ज्यापु संग्राहलय महोत्सव आयोजना गरेको हो । ३ दिनसम्म चल्ने महोत्सवमा ज्यापू समुदायको कला, भाषा र संस्कृति झल्कने खालका सामग्रीहरु राखिएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);