राष्ट्रपति भण्डारीद्धारा हरितालिका (तीज) को शुभकामना सन्देश भड्किलो र खर्चिलो नबनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्धारा हरितालिका (तीज) को शुभकामना सन्देश भड्किलो र खर्चिलो नबनाउन आग्रह

काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकि छन् ।

राष्ट्रपति भण्डारीले हरितालिका तीज जस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेको हुने विश्वास व्यक्त गरेकि छन् ।

शुभकामना सन्देशमा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

राष्ट्रपति भण्डारीले हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य¸ परिवारको सुख¸ सुस्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास व्यक्त गरेकी छन् ।

हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताइएको छ ।

हरितालिका तीजले नेपाली महिलाहरूलाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ । भने विश्वव्यापी रूपमा फैलिएको नोवल कोरोनाभाइरस (कोभिड–१९)को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउने आशा शुभकामना सन्देशमा व्यक्त गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);