नेवार समुदायले आज किजा पूजा मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेवार समुदायले आज किजा पूजा मनाउँदै

newar bhaitika

काठमाडौं, १३ कात्तिक । तिहारको महत्वपूर्ण तथा अन्तिम दिन देशभर मंगलबार भाइटीका मनाइए पनि केही नेवार समुदायले बुधबार भाइटीका मनाउँदै छन् । तिथीको घटबढका कारण बुधबार पनि भाइटीका परेको छ । सोही बमोजिम केहि नेवार समुदायले बुधबार भाइटीका मनाउने निर्णय गरेका थिए ।

नेपाल संवतको पात्रोलाई आधार मानेर केही नेवार समुदायले बुधबार भाइटीका लगाउने भएका हुन् । नेवार समुदायले मनाउने किजा पूजा अर्थात भाइटीकाको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । नेवार समुदायले मंगलबार नेपाल सम्बत मनाइ बेलुका म्हपूजा गरेर बुधबार किजापूजा अर्थात भाइटीका मनाउन लागेका हुन् । किजापूजाका लागि विमिरोदेखि सबै प्रकारका फलफुल समेत मण्डपमा राख्ने गरिन्छ । नेवाः समुदायमा किजापूजामा अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टिका प्रयोग गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);