नेवार समुदायले आज गथामुगः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

नेवार समुदायले आज गथामुगः चर्‍हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदै

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा नेवार समुदायले आज गथामुगः च¥हे अर्थात् घण्टाकर्ण पर्व मनाउँदै छन् । प्रत्येक वर्ष श्रावण कृष्ण पक्षको चतुर्दशी अर्थात आजैैका दिन का दिन यो पर्व मनाइन्छ ।

यो पर्वमा घण्टाकर्ण राक्षसको पुत्ला बनाई जलाउने र भूत, प्रेत र पिशाचलाई धपाउने विधि गरिन्छ । बेलुका घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ। घण्टाकर्णलाई सेलाएपछि घरको दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ। घरको मूल ढोका र मुख्य निदालमा पञ्चरंगी मयुरको प्वांख र तीनमुखे फलामको किला ठोक्ने चलन छ ।

यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास छ । लिच्छविकालदेखि प्रचलनमा आएको गथामुगः च¥हे अर्थात् घण्टाकर्ण पर्वलाई नेवार समुदायले वर्षको पहिलो चाडको रूपमा पनि मनाउने गरेको छ । यही दिनबाट परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि मुकुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);