मंसीर १ गते भाइटीका, यस्तो छ २०७७ सालमा सार्वजनिक बिदाको सूची | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

मंसीर १ गते भाइटीका, यस्तो छ २०७७ सालमा सार्वजनिक बिदाको सूची

paatro

काठमाडौँ, १८ चैत । सरकारले नयाँ वर्ष २०७७ सालमा केन्द्र सरकारले दिने सार्वजनिक बिदाको सूची नेपाल राजपत्रमा प्रकाशित गरेको छ । सचिव महेश्वर न्यौपानेले जारी गरेको पत्रमा ५२ शनिबार बिदा उल्लेख छ भने पर्व, जयन्तीलगायतमा बिदा दिने उल्लेख छ।

नयाँ वर्ष वैशाख १ मा बिदा हुनेछ। यस्तै महाशिवरात्री फागुन २७, पहाडी जिल्लामा होली चैत १५, तराई जिल्लामा होली चैत १६ मा बिदा हुनेछ। धर्म संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि पनि सार्वजनिक बिदा दिने उल्लेख छ।

हरितालिका तिजको अबसरमा भदौ ५ गते महिला कर्मचारीलाई मात्र बिदा छ। जितिया पर्व मनाउनेका लागि भदौ २५ गते बिदा छ। फागुन ४ गते बसन्त पञ्चमीका दिन शिक्षण संस्थामा बिदा दिइएको छ।

काठमाडौं उपत्यकालाई मात्र जात्रामा बिदा दिइएको छ। गाईजात्रा साउन २० गते, इन्द्रजात्रा भदौ १६ गते, घोडेजात्रा चैत २९ गते र मत्स्येन्द्रनाथको भोटो देखाउने दिन बिदा दिइएको हो।

दशैंका लागि कात्तिक ७ देखि ११ सम्म बिदा दिइएको छ। फूलपातीदेखि एकादशीसम्म बिदा दिइएको हो। कात्तिक २९ गते लक्ष्मीपूजा पूजा, कात्तिक ३० गते म्हपूजा र मंसीर १ गते भाइटीकामा बिदा छ।

सरकाले विभिन्न दिवसमा बिदा दिने निर्णय गरेको छ। वैशाख १९ गते मजदुर दिवस, संविधान दिवस असोज ३ गते बिदा छ भने फागुन २४ गते महिला दिवसमा महिलालाई मात्रै बिदा छ। यस्तै अपांगता भएका कर्मचारीलाई मंसीर १८ गते बिदा छ।

दिवसको अबसरमा बुद्ध जन्यन्तीमा वैशाख २५ गते बिदा दिइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);