यी हुन् २०८० सालका ३५ सार्वजनिक बिदा (सुचीसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

यी हुन् २०८० सालका ३५ सार्वजनिक बिदा (सुचीसहित)

homeministary office

काठमाडौं, ३ चैत्र । सरकारले आगामी वर्ष २०८० मा सार्वजनिक बिदा दिएको विभिन्न २४ वटा बिदाका दिनमा पनि सेवा दिने भएको छ । शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको हो ।

सरकारले सार्वजनिक बिदा, जात्रा बिदा, सार्वजनिक दिवस र जन्मजयन्ती मनाइने २४ वटा बिदाका दिनमा पनि सरकारी सेवा दिने निर्णय गरेको छ । जसमा सार्वजनिक १४, जात्रा ४ र सार्वजनिक दिवस ४ र जन्म जयन्ती २ वटा बिदामा पनि सरकारी सेवा दिने बिहीबार राजपत्रका प्रकाशित वार्षिक बिदासम्बन्धी विवरणमा उल्लेख गरिएको छ ।

असोज २८ गते परेको दशैको घटस्थापनाका दिन पनि सरकारी सेवा दिइने भएको छ । गृह मन्त्रालयले काठमाडौं उपत्यकालाई मात्र दिने जात्रा बिदा अन्तर्गत भदौ १४ गते परेको गाईजात्रा, असोज ११ गते परेको इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा हुने दिन र चैत २६ गते घोडेजात्रा बिदाको दिन पनि सार्वजनिक सेवा दिइने उल्लेख गरिएको छ ।

अस्पताल, दुरसञ्चार (साइबर सेक्युरिटी तथा इन्टरनेसमेट), अध्यागमन, फोहोरमैला व्यवस्थापन, फायरविग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् आदिजस्ता रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयले सार्वजनिक बिदाका दिनमासमेत दैनिक काम नरोकिने गरी सेवा प्रवाह गर्नुपर्नेछ । तर, सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्न खटिने कर्मचारीले त्यसरी खटिएबापत सट्टा बिदा पाउनेछन् ।

सुची हेरौं

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);