काठमाडौं महानगरभित्र आज सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८०, बुधवार

काठमाडौं महानगरभित्र आज सार्वजनिक बिदा

clean kathmandu

काठमाडौं, १५ भदौ । सापारु र रोपाइँ जात्रा मनाउन काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । महानगरले परम्परालाई निरन्तरता दिई मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको हो ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Leave a Reply