कर्णाली प्रदेशले दियो नाग पञ्चमीमा सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

कर्णाली प्रदेशले दियो नाग पञ्चमीमा सार्वजनिक बिदा

सुर्खेत। कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा सार्वजनिक बिदा दिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भोलि अर्थात् मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

‘साउन १७ गते मंगलबार साउन शुक्ल पञ्चमी अर्थात् ‘नाग पञ्चमी’ को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार ‘मन्त्रिपरिषद्’बाट मिति २०७८ चैत २९ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

Leave a Reply