आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी : नागको पूजा अर्चाना गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी : नागको पूजा अर्चाना गरिदैं

काठमाडौं, १० साउन ।आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।

वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वासका साथ घरमा नागको तस्बिर टाँसेर मनाइने गरिन्छ ।

सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो ।

वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);