बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनियोः ६० घर उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८०, बुधवार

बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनियोः ६० घर उच्च जोखिममा

काठमाडौं, १० साउन । पहिरोले बुढीगण्डकीको सहायक नदी नौलीखोला थुनिएको छ ।

गोरखाको धार्चे गाउँपालिका–७, लापुस्थित चिंगारनजिकै जमिन भासिएर खोला थुनिएको हो ।

गएराति ११ बजे गएको पहिरोले खोला पूरै थुनिएको धार्चे गाउँपालिका–७ का वडा अध्यक्ष सूर्यमान गुरुङले जानकारी दिनुभयो ।

खोला थुनिएपछि बाद्राङ गाउँ र नयाँ बस्तीका ६० घर जोखिममा रहेको उहाँको भनाई छ । नदी पूर्ण रुपमा थुलिएको र एक्कासी फुट्नसक्ने भन्दै नदी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।

अहिले नदी थुनिएको स्थानमा स्थानीय जनप्रतिनिधि र सुरक्षाको टोली पुगेको छ ।