थुनिएको अरुणमा ड्यामबाट ओभरफ्लो | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

थुनिएको अरुणमा ड्यामबाट ओभरफ्लो

काठमाडौं, १७ वैशाख । अरुण नदी थुनिएकोमा ड्याम भरिएर ओभरफ्लो हुन थालेको छ । संखुवासभा जिल्लामा आइतवार खसेको पहिरोले कोशी नदीको सहायक नदी अरुण थुनिएकोमा ओभरफ्लो हुन थालेको हो ।

संखुवासभा जिल्लाका प्रहरी अधिकृत वीरेन्द्र कुमार गोदारले अरुण नदी थुनिएकोमा स्थानीय समय अनुसार अपरान्ह २ बजेर ४० मिनेटमा ओभरफ्लो हुन थालेको छ ।

पहिरोले बनेको ड्याम फुट्ने कम सम्भावना रहेको प्राविधिकको भनाई उदृत गर्दै गोदारले माउण्डटे टीभीलाई जानकारी दिए । तैपनि तल्लो तटका बासिन्दालाई हाई एलर्ट गरिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी बिमल पौडेलका अनुसार पानी जमेको स्थलमा हेलिकोप्टरसहित प्राविधिक टोली पुगेर अध्ययन गरेको छ । टोलीको अध्ययनपछि सुरक्षा सम्बन्धी आवश्यक सूचना प्रवाह गरिएको बताए ।

निर्माणधीन अरुण तेस्रो जलविद्युतमा सुख्खा पहिरो खसेर नदी थुनिएको हो । अरुण तेस्रो भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ । यो ९०० मेगावाटको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);