मनाङमा पहिरोका कारण मर्स्याङदी नदी थुनियो, प्रशासनद्वारा स्थानीयलाई सतर्क रहन अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मनाङमा पहिरोका कारण मर्स्याङदी नदी थुनियो, प्रशासनद्वारा स्थानीयलाई सतर्क रहन अपिल

मनाङ । केही दिनदेखिको लगातार वर्षाका कारण झरेको पहिरोले मनाङमा मर्स्याङदी नदी थुनिएको छ । मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ जाड्ने स्थानमा मर्स्याङदी नदीमा पहिरो खस्दा नदी पूर्ण रुपमा थुनिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

प्रशासनका अनुसार अझै पनि वर्षा भईरहेकाले चामे बजार उच्च जोखिममा रहेको छ ।

हाल मर्स्याङदी नदी थुनिएर ठूलो ड्याम बनेको छ । नदी थुनिँदा चामे बजार जाने ठूलो पुलसमेत जोखिममा परेको बताइएको छ । नदी खुलाउन नेपाली सेनाले विम विस्फोट गराउने तयारी गरेपनि निरन्तर वर्षा भईरहँदा समस्या उत्पन्न भएको प्रशासनले बताएको छ ।

नदी थुनिएपछि हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गर्दै प्रशासनले चामे क्षेत्रका स्थानीयलाई सतर्क समेत गराईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);