कोरोना भाइरसको परीक्षण सातवटै प्रदेशमा आजबाट शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना भाइरसको परीक्षण सातवटै प्रदेशमा आजबाट शुरु

काठमाडौँ, २० चैत । उपत्यकाबाहिर कोरोना भाइरस अर्थात कोविड १९ नमूना परीक्षण धमाधम सुरु भएको छ । मंगलबार परीक्षणको लागि मेसिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम सुरु भएको हो ।

धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै परीक्षण शुरु भइसकेको छ । अहिले धरानमा दैनिक १२ जनाको स्वाव परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनालले जानकारी दिनुभयो । ती सवैको रिपोर्ट नेगेटिभ आएको पनि उहाँको भनाइ छ । अन्यको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले मंगलबारबाट स्वाव परीक्षण सेवा शुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको संक्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन वाँकी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);