५८ हजार ८७१ जनाको कोरोना परीक्षण सम्पन्न : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

५८ हजार ८७१ जनाको कोरोना परीक्षण सम्पन्न : स्वास्थ्य मन्त्रालय

corona press meet 18

काठमाडौं, १८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ५८ हजार ८ सय ७१ जनाको कोरोना भाइरसको नमूना परीक्षण भएको जनाएको छ । मन्त्रालयमा बिहिवार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाका अनुसार स्वाव परीक्षण, पिसिआर बिधिबाट १२ हजार ११ र र्यापिड डाइगोनोष्टिक टेष्ट आरडीटिबाट ४६ हजार ८ सय ६० नमूना परीक्षण गरिएको छ । प्रवक्ता देवकोटाले पछिल्लो २४ घण्टामा पिसिआर र आरडिटी विधिबाट परीक्षण भएका करिब १७ सयवटा नमुनाहरुको रिपोर्ट पनि कोरोना नेगेटिभ आएको जानकारी दिनुभयो ।

अहिलेसम्म नेपालमा ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा तीमध्ये १६ जना निको भएर घर फर्किएका छन । हाल बिराटनगरमा सबैभन्दा बढी ३१ जना उपचाररत रहेका छन् । यसैगरी विरगञ्जमा ८ र चितवन तथा कैलालीमा १—१ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

देशभरीनै गरेर हाल २३ हजार हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ र उपत्यका बाहिर ७७ गरी ८० जना आइसोलेसनमा रहेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);