निजी प्रयोगशालाबाट पनि कोरोना भाइरस परीक्षणका लागि बाटो खुला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निजी प्रयोगशालाबाट पनि कोरोना भाइरस परीक्षणका लागि बाटो खुला

corona press meet 14

काठमाडौं, १५ वैशाख । सरकारले नीजि प्रयोगशालाबाट पनि कोरोना भाइरस परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षणसम्बन्धि मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोरोना भाइरस परीक्षण नीजि प्रयोगशालाले पनि गर्न सक्ने बाटो खोलेको हो ।

सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमित लिएर नीजि प्रयोगाशालाले परीक्षण गर्न सक्ने छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्म्ोलनमा सोमबार मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उक्त जानकारी दिनु भएको हो ।

सोमबारबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षण सुरु भएको छ । यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् । यसैरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको भन्दै लकडाउनको पूर्ण पालना र क्वारेन्टाइन व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नु भयो । सोमबारसम्म ५३ हजार ५ सय ३४ जनाको नमुना परीक्षण भएको छ । अहिले मुलुकभर २० हजार १ सय ९५ जना क्वारन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १ सय ६ जना आइसोलेसनमा उपचाररत छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);