मुगुकाे माटो प्रयोगशाला ६ बर्षदेखि प्रयोगविहीन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मुगुकाे माटो प्रयोगशाला ६ बर्षदेखि प्रयोगविहीन

मुगु । मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेकाे छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएकाे प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयाेगविहीन भएकाे हाे । प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन् । जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला  सञ्चालन हुने जनाएकाे छ । कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयाेगमा आउँछ भन्ने बारे जानकारी नभएकाे बताए ।  माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएकाे हाे।

माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नाे खेतबारीकाे माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् । माटाे परीक्षणपछि साेहीअनुसार किसानहरूले खेति लगाउने अपेक्षा  प्रयाेगशाला नचल्दा अपुरै रहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);