मौलाकालिकामा केवलकार सञ्चालनसँगै बढे पर्यटक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मौलाकालिकामा केवलकार सञ्चालनसँगै बढे पर्यटक

काठमाडौं, १७ वैशाख । पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केवलकार सञ्चालनसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ । मौलाकालिका केवलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको छ ।

गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका केवलकार सञ्चालनसँगै मन्दिरको थप धार्मिक महत्व बढ्ने र धार्मिक पर्यटक वृद्धि हुने अपेक्षा मन्दिर व्यवस्थापनले अपेक्षा गरेको छ । नयाँ वर्ष यता विगतको तुलनामा धार्मिक पर्यटकहरुको आगमन वृद्धि भएको मन्दिर व्यवस्थापनको भनाइ छ । मौलाकालिका मन्दिर व्यवस्थापक छवि खनालले मौलाकालिका केवलकार निर्माणले मन्दिरको धार्मिक महत्वलाई बढावा दिएको बताउनु भयो । उहाँले मौलाकालिका केवलकार सञ्चालनले चितवन, नवलपरासी र तनहुँ मात्रै नभइ नजिकका आन्तरिक र विदेशी पर्यटक आवागमनमा समेत वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले मौलाकालिका मन्दिरको छुट्टै धार्मिक महत्व रहेको भन्दै यसलाई पवित्रस्थल देवघाट धामसँग जोड्न आवश्यक रहेको बताउनु भयो । उहाँले केवलकार सञ्चालनमा आएसँगै मन्दिर दर्शन तथा मनोरञ्जनको लागि आउने आन्तरिक तथा वाह्य पर्यटक वृद्धि भएको बताउनु भयो । उहाँले मौलाकालिका केवलकार मन्दिरको आधार र मन्दिर केवलकारको आधार बनेको भन्दै दुवैको समन्वयमा यो क्षेत्रको विकासमा हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै,मौलाकालिका मन्दिरका पुजारी नेरेन्द्रप्रसाद भट्टराईले मौलाकालिका मन्दिरको पौराणिक र धार्मिक महत्व रहेको बताउनु भयो । उहाँले मौलाकालिका केवकार सञ्चालनले मन्दिरको धार्मिक महत्वलाई बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ वर्षबाट केवलकार सञ्चलनमा आएसँगै मौलाकालिका मन्दिर दर्शन गर्ने दर्शनार्थीहरु बढेको बताउनु भयो।

होटलसहितको मौलाकालिका केवलकार झण्डै एक अर्ब ५० करोड रूपैयाँ लागतमा बनेको छ । केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहको छ । केवलकारले स्थानीयसहित करिव चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ । यसका साथै मौलाकालिका मन्दिर नजिकै अत्याधुनिक रिसोर्ट निर्माणाधीन अवस्थामा छ ।

मन्दिर नजिक रहेको हेलिप्याडमा केवलकारको टपस्टेशन निर्माण भएको छ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन निर्माण भएको छ । केवलकारको एकतर्फी लम्बाई एक हजार दुई सय मिटर छ । यसका लागि छ वटा टावर निर्माण गरिएको छ । केबलकारमा १४ डब्बा (गोन्डला) रहेका छन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्दछ । केवलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने क्षमता रहेको छ । केवलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो ।

pic Source : Facebook

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);