चितवन आन्तरिक पर्यटकले खचाखच | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

चितवन आन्तरिक पर्यटकले खचाखच

toursit in chitwan

चितवन, १० कात्तिक । दशैंतिहारको बिदामा घुमफिर गर्न नेपालका विभिन्न ठाउँबाट आएका आन्तरिक पर्यटकले यतिबेला चितवनका होटलहरू खचाखच भरिएका छन्।

चितवनको सौराहा, गैंडाकोटको मौलाकालिका मन्दिर, नारायणी नदी किनार, देवघाटलगायतका तालतलैया, निकुञ्ज, धार्मिकस्थल जहाँतहीं यतिखेर आन्तरिक पर्यटकले भरिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारीदेखि सिराइचुली, मौलाकालिकाजस्ता स्थानमा पुगी सूर्योदयसहित हिमशृंखलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन्।

चितवनमा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्यधिक पर्यटक आउने सिजन हो। त्यस्तै मार्च, अप्रिल, नेपाली र अंग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई चितवनले लोभ्याउने गर्दछ।

दशैंदेखि तिहारसम्मको समयमा नेपालीहरूको लामो बिदा हुने र चितवनको मौसम अनुकूल हुने भएकाले पर्यटकको भीड लाग्ने गरेको देखिन्छ।

दशैंको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यस अवधिमा अत्याधकरूपमा आन्तरिक पर्यटक आउने गरेको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);