पूर्वाधार छ, विद्यार्थी छैनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्वाधार छ, विद्यार्थी छैनन्

chandra-suryodya-school

भक्तपुर, १० कात्तिक ।  केही वर्ष अघिसम्म भक्तपुरको न्याचो पौवा आधारभूत विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत थिए  । चाँगुनारायण मन्दिर क्षेत्रकै राम्रो विद्यालयका रूपमा न्याचो पौवा प्रावि (आधारभूत विद्यालय) लाई लिइन्थ्यो  ।

हाल उक्त विद्यालयको कक्षाकोठामा ताला लागेको छ । विद्यार्थी खेल्ने, दौडने चउर घाँसे मैदानमा परिणत छ । ‘२०५६ मा मेरो कक्षामा ८० विद्यार्थी थियो, विद्यार्थी धेरै भएर कक्षामा ठाउँ नै पाइँदैन थियो,’ पूर्वविद्यार्थी उदय तामाङ सम्झन्छन् ।

२०४१ मा स्थापित न्याचो पौवामा विद्यार्थीको संख्या दिन प्रतिदिन घट्दै गयो । दुई वर्षदेखि विद्यालयमा विद्यार्थी छैनन् । शिक्षकहरू अन्य विद्यालयहरूमा काजमा पठाइएको छ । एक शिक्षक विद्यालयको रेखदेखका लागि राखिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित आशापुरी आधारभूत विद्यालय परिसरमा घाँसेझाडी छ । विद्यालयमा कम्पाउन्ड पर्खाल छैन । शौचालयको अवस्था नाजुक छ । फोहोरका कारण बालबालिका शोचका लागि छिर्नसमेत सक्दैनन् । विद्यालयलाई भौतिक पूर्वाधारको कमी छैन । तर, विद्यालयमा विद्यार्थी बढाउन कुनै पहल भएको देखिँदैन ।

कक्षाकोठा फोहोर छ । कक्षा ५ सम्म पढाइ हुने आशापुरी आधारभूत विद्यालयमा ईसीडीमा ६, कक्षा १ मा २, कक्षा २ मा ८, कक्षा ३ मा ४ गरी १७ विद्यार्थीको तथ्यांक छ । कक्षा ४ र ५ मा विद्यार्थी नै छैनन् । ईसीडीलगायत ६ शिक्षक छन् । शौचालय, कक्षाकोठालगायत भौतिक पूर्वाधार राम्रो भए पनि संरक्षण हुन सकेको छैन । विद्यालय व्यवस्थापन तथा शिक्षकहरूले विद्यार्थी टिकाउन कुनै पनि पहल गरेको पाइँदैन ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);