कक्षा ५ मा एक्ली छात्रा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कक्षा ५ मा एक्ली छात्रा

ekli chatra

काठमाडौं, २८ मंसिर । मध्यपुर–थिमि–९ भक्तपुरमा रहेको हिमालय आधारभूत विद्यालयको ५ कक्षामा बुधबार एकजना छात्रा मात्र उपस्थित थिइन् । कक्षामा एक्लै उपस्थित अस्मिता भुजेलले अरू साथी नआएका कारण आफू कक्षामा एक्लै परेको बताइन् । कक्षामा सबै गरेर ६ जना मात्रै विद्यार्थी रहेको उनको भनाइ छ ।

नियमित स्कुल आउने विद्यार्थीको संख्या न्यून रहे पनि विद्यालयमा बालविकाससहित सात शिक्षकको दरबन्दी छ । विद्यालयका प्रधानाध्यापक प्रकाशमान बज्राचार्यले विद्यालयमा ५६ जना विद्यार्थी भर्ना भएको बताए । जम्मा ५६ जना विद्यार्थी भर्ना भएको विद्यालयको मासिक खर्च भने एक लाख ४९ हजार रहेको विद्यालय निरीक्षक नेत्रप्रसाद दाहालले जानकारी दिए ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा विद्यार्थी आकर्षित गर्नेतर्फ विद्यालय व्यवस्थापन समिति तथा वडा कार्यालयबाट कुनै पहल भएको देखिँदैन ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);