थपिँदै संघमा कर्मचारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

थपिँदै संघमा कर्मचारी

karmachari staff

काठमाडौं, २८ मंसिर । संघमा कर्मचारीको दरबन्दी धेरै राखिएको भन्दै आलोचना भइरहेका बेला मन्त्रालयहरूले थप्न थालेका छन् । गृह मन्त्रालयमा प्रथम श्रेणीका १९ जना सहसचिवसहित करिब ४० कर्मचारीको दरबन्दी थपिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शाखा अधिकृतभन्दा मुनिका केही दरबन्दी थप भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ सय र अर्थ मन्त्रालयले २ सयभन्दा बढी कर्मचारी थपको प्रस्ताव गरेका छन् । अर्थले विभिन्न स्थानमा राजस्व संकलनका लागि नयाँ कार्यालयहरू खोल्नुपर्ने भएको भन्दै कर्मचारी थप्न प्रस्ताव गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयको प्रस्तावलाई फिर्ता पठाएको छ । परराष्ट्र मन्त्रालयले पनि केही थप दरबन्दीको प्रस्ताव गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयले संघमातहत कायम भएका संगठन संरचना र दरबन्दीको पुनरावलोकन थालेपछि मन्त्रालयहरूले कर्मचारी घटाउनुको साटो थप्न प्रस्ताव गरेका हुन् । संघमा अहिले ४८ हजार ५ सय कर्मचारीको दरबन्दी छ । प्रदेशमा २२ हजार र स्थानीय तहमा ६७ हजार दरबन्दी कायम गरिएको छ ।

कर्मचारी समायोजन ऐनले समायोजन सम्पन्न भएपछि संघअन्तर्गतका निकायहरूको संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्नुपर्ने भनेकाले पनि नयाँ सर्वेक्षण थालिएको सामान्य प्रशासन मन्त्रालय संगठन विकास महाशाखाका प्रमुख सहसचिव बाबुराम अधिकारीले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);