भैँसी बाँध्न नसुहाउँने छाप्रोमा बाललबालिको पठनपाठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

भैँसी बाँध्न नसुहाउँने छाप्रोमा बाललबालिको पठनपाठन

श्याम गुप्ता
बारा, २६ माघ ।
बाराको कलैया उपमहानगरपालिका स्थित एक निजी विद्यालय करिब ७ वर्ष देखि छाप्रोमा सञ्चालन भईरहेको छ । विद्यालय सञ्चालन गर्न चाहिने न्युनतम मापदण्ड समेत पुरा नगरी जीर्ण भवनमा विद्यापिठ ईंग्लिश बोर्डिङ स्कुल २०७१ सालबाट सञ्चालन हुँदै आएको पाईएको हो ।

स्कूलमा कक्षा प्लेग्रुप देखि ४ सम्म १ सय ६५ जना विद्यार्थी पढ्छन् । २०७१ साल देखि सञ्चालित यस स्कूलको भवनमा भैंसी बाँध्न समेत सुहाउँदैन । तर , यस छाप्रोमा विद्यार्थी पढन बाध्य छन् ।


कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता रहेको र आन्तरिक राजस्व विभाग बाराबाट स्थायी लेखा नम्बर लिएको यस विद्यालयलाई सञ्चालन गर्न शिक्षा विकास तथा समन्वय इकाई बाराले भने अनुमति दिएको छैन ।

जीर्ण अवस्थाको भवन र विद्यालयले न्युनतम मापदण्ड पुरा नगरे कै कारण करिब १ सय ६५ कलिला बाललबालिको पठनपाठन कष्टपूर्ण बनेको छ । जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा स्थित उतर झिटकैंयाका १ सय ६५ बालबालिका अध्यायन गर्ने विद्यालय खेतको बिचमा रहेको छ , भने विद्यालयको साईनबोर्ड समेत छैन ।

विद्यालयमा खानेपानी र शौचालयको समेत उचित व्यवस्थापन गरेको पाईंदैन । जुन विद्यालयमा खरले छाएको छाप्रो भित्र गरिब निमुखा सुकुम्बारीका अबोध बालबालिका कखरा चिन्दै आएका छन् ।

त्यती मात्रै कहाँ हो र , एउटै कोठा कक्षामा करिब ४० बालबालिका पढ्छन् , एउटा कक्षमा पढाउँदा अर्को कक्षमा समेत असर पनेगरेको विद्यार्थीको भनाई रहेको छ ।
यता एउटै कोठा कक्षामा करिब ४० बालबालिलाई विद्यार्थी पठाउँदा भवनको यस्तो अवस्थामा विद्यार्थीले के पढ्नु के के पढाउँनु दिन काट्ने बाटो मात्रै भएको विद्यालका शिक्षक रन्जित कुमार कानु बताउँछन् ।

कार्यालयले विद्यालय कहाँ खोल्ने कसरी सञ्चालन गर्ने भन्ने सामान्य अध्यायन समेत नगरी बिद्यालय सञ्चालमा गरियो जस्का कारण यहाँका बालबालिकाको शिक्षा छाप्रोमा रुमलिई रहेको छ । अन्त पढ्न पठाउँन टाँढा जानु पर्छ । जंगलको बाटो खोला हुँदै जानु पर्ने, जंगली जनवारको समेत डर हुँन्छ ।

यसका साथै बर्षा याममा खोलाको जोखिम समेत हुँने गरेका कारण यहाँका अभिभावकहरुले गाउँ मैं सञ्चालनमा रहेको यस विद्यालयमा बालबालिकालाई भर्ना गरिदिएका हुन् । खरले केही बर्ष अगाडी छाएको छाप्रोको छानोमा पनि प्वालै प्वाल छन् । जसबाट बर्षामा पानीले र गर्मीमा घामले दुःख दिने गरेको छ ।

यता २०७१ सालमा सञ्चालनमा रहेको यस बिद्यालयका प्रधानध्यापक सुरेश कुमार यादवले विद्यालय सुधार नहुँनुको कारण बिद्यालय सञ्चालन समिति जिम्मेवार रहेको दाबी गर्नुभयो । उहाँले विद्यालय शिक्षा ईकाई बारामा दर्ताको निम्ति प्रकृया अगाडी बढाएको बताउनुभयो । उहाँले विद्यालयको अवस्था सुधारका निमित्त समितिलाई पटक पटक आग्रह गरेको भएता पनि केही रुपैयाँका निम्ति समितिले अटेर गरेको बताउनुभयो ।

जिल्लाका सम्बन्धित निकाय तथा स्थानीय तहको लापर्वाहीका कारण जिल्ला भित्र यसरी सञ्चालनमा रहेको विद्यालय कति छन् । भन्ने तथ्यांक काहि कतै छैन । केहि फाईदाका निम्ति सञ्चालनमा रहेको यस्ता बिद्यालयलाई कारवाही नगर्ने हो भने यहाँ अध्ययन गरिरहेका बिद्यार्थीको भविश्य समेत अन्योलमा रहँने प्रस्ट देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);