कांग्रेसलाई आगामी चुनावमा कसैले पनि हराउन सक्दैन : उपसभापति निधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसलाई आगामी चुनावमा कसैले पनि हराउन सक्दैन : उपसभापति निधि

नितेश कर्ण
वीरगञ्ज, २६ माघ ।
नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले नेपाली कांग्रेसलाई आगामी चुनावमा कसैले पनि हराउन नसक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्साको आयोजनामा भएको पत्रकार सम्मेलनमा उपसभापति निधिले संसद पुर्नस्थापना नभए तोकिएकै मितिमा निर्वाचन हुने बताउनुभएको छ । प्रतिनिधि सभा प्राप्त गर्ने २ वटा बाटोमध्ये कुन एक बाटोलाई अंगाल्ने भन्ने कुराको निक्र्याैल निकाल्ने जिम्मेवारी अदालतलाई सुम्पिएको निधिको भनाई छ ।

नेपाली कांग्रेसले अदालतको निर्णयको कदर गर्ने बताउँदै उहाँले संसद विघटन पुर्ण रुपमा असंवैधानिक भएको जिकिर गर्नुभयो । कांग्रेस पार्टीले प्रजातन्त्र र संविधानको रक्षाका निम्ती सदैव आवाज उठाउँदै आएको हुँदा यसपाली पनि अलोकतान्त्रिक कदमको विरुद्धमा विरोध गरिरहेको बताउनुभयो ।

कांग्रेसको १४ औँ महाधिबेशनको बारेमा पत्रकारको जिज्ञासाको जवाफ दिँदै निधिले संसद पुर्नस्थापना नभएसम्म वा निर्वाचन नभएसम्म नहुने बताउनुभयो ।

प्रेस युनियन पर्साका कार्यवाहक अध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री चित्रलेखा यादब, पुर्व मन्त्री फरमुल्लाह मन्सुर, सुरेन्द्र प्रसाद चौधरी, केन्द्रिय सदस्य अजय कुमार चौरसिया, अनिल रुंगटा, राजेन्द्र बहादुर अमात्य, पार्टीका पर्सा जिल्ला सभापति अजयकुमार द्विवेदी, प्रदेशसभा सदस्यद्वय ओमप्रकाश शर्मा, राजेश्वर साह तेली लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);