भूकम्प पीडित परिवारलाई राहत दिन एमाले सुदूरपश्चिम कमिटीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

भूकम्प पीडित परिवारलाई राहत दिन एमाले सुदूरपश्चिम कमिटीको माग

धनगढी। डोटीमा भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएका सबैका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारसँग माग गरेको छ । एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा जोड दिन सरकारसँग माग गरेका हुन् । उनले घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन समेत माग गरेका छन् । आज बिहान २:१२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएको आएको ६.६ म्याग्नेच्युटको भूकम्पले डोटीमा ठूलो क्षति पुर्‍याएको छ।

भूकम्पले घर भत्किँदा पूर्व चौकी गाउँपालिका गैरामा ६ जनाले ज्यान गुमाए अहिले पनि घाइतेहरू अस्पतालमा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);