ठोस योजना बनाएर काम गर्न मधेशी आयोगलाई महिला तथा सामाजिक समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

ठोस योजना बनाएर काम गर्न मधेशी आयोगलाई महिला तथा सामाजिक समितिको निर्देशन

काठमाडौं, ३० असार । संसदको महिला तथा समाजिक समितिले मधेशी समुदायको हितलाई केन्द्रमा राखि ठोस योजना बनाएर काम गर्न मधेशी आयोगलाई निर्देशन दिएको छ ।

समितिले समाजिक एवं सांस्कृतिक कुरितिबाट प्रभावित मधेशी समुदायको बृहत्तर हितका लागि आयोगले कार्ययोजना बनाई कार्यान्वयन गर्न नसकेको भन्दै गम्भीरतापूर्वक ठोस योजना बनाई काम गर्न निर्देशन दिएको हो ।

समितिको मंगलबारको बैठकमा मधेशी आयोगका अध्यक्ष डाक्टर विजयकुमार दत्तसँग आयोगको वार्षिक प्रतिवेदन २०७६ माथि छलफल गरेपछि समितिकी सभापति निरुदेवी पालले गम्भीरतापूर्वक एकीकृत नीति बनाई काम गर्न निर्देशन दिनुभयो ।

समितिले आयोगबाट प्रस्तुत वार्षिक प्रतिवेदन २०७६ मा अनियमितता भएको जनगुनासो आएकोले समितिलाई लिखित रुपमा सबै विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

बैठकमा मधेशी आयोगका अध्यक्ष दत्तले आयोगले गरेका कुनैपनि कार्यक्रममा आर्थिक अनियमितता नगरिएको भन्दै समितिलाई अनियमितता पत्ता लगाउन चुनौती दिनुभयो ।

बैठकमा सांसदहरुले आयोग स्थापना भएपछि अहिलेसम्म आफ्नो कार्य नीति बनाउन नसक्नुले आयोगको औचित्यमाथि नै छलफल गर्नुपर्ने बेला आएको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);