कारागारहरुको भौतिक अवस्थाका कारण कोरोना संक्रमणको जोखिम : महान्यायाधीवक्ता खरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कारागारहरुको भौतिक अवस्थाका कारण कोरोना संक्रमणको जोखिम : महान्यायाधीवक्ता खरेल

काठमाडौं, ३० असार । महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारागारहरुको भौतिक अवस्थाका कारण कोरोना संक्रमणको जोखिम बढेको बताउनुभएको छ ।

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा खरेलले कारागार, बाल सुधार गृह र हिरासत कक्षहरुको भौतिक संरचनाका कारण कोरोनाको जोखिम बढेको बताउनुभयो ।

उहाँले कारागारहरुको अनुगमनका क्रममा सबै ठाउँमा स्थास्थ्यकर्मीहरुको अभाव देखिएको पनि उल्लेख गर्नुभयो । छलफलमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले धेरै ठाउँमा कैदी र थुनुवालाई एकै ठाउँमा राखिएको पाइएकाले त्यस्तो गर्न कानूनले बन्देज गरेको तर्फ ध्यान दिन सरकारसंग आग्रह गर्नुभयो ।

गृहमन्त्री रामबहादुर थापाले कारागार भवनहरु जीर्ण अवस्थामा रहेका भन्दै सरकारी अवधारणा अनुसार कारागारहरुलाई सुधार गृहको रुपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो

त्यसैगरी कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले कारागारहरुमा कोरोना संक्रमणको जोखिम कम गर्न भेटघाटलाई नियन्त्रण र व्यवस्थित गरिएको बताउनुभयो । समितिले कैदीबन्दीको कसुरको गम्भिरताका आधारमा अलग अलग बस्ने स्थानको व्यवस्था गर्न निर्देशन दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);