तरकारी बजारमा उपभोक्ताको भिड, कोरोना संक्रमणको जोखिम बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

तरकारी बजारमा उपभोक्ताको भिड, कोरोना संक्रमणको जोखिम बढ्दो

tarkari

काठमाडौं, ८ बैशाख । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बाजरमा उपभोक्ताहरुको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २५ जना भन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा सयौंको संख्यामा तरकारी खरिद गर्नेको भिड हुने गरेको छ ।

सोमबार काठमाडौंको पुरानो बसपार्क, लैनचौर, टुकुचा, तीनकुने लगायतका ठाउँमा रहेका तरकारी बजारमा उपभोक्ताको भीड लागेको थियो । तरकारी खरीद गर्दा उपभोक्ताले सामाजिक दुरी कायम गर्ने विषयलाई बेवास्ता गरेका थिए ।

बजारमा साबुन पानीले हात धुने व्यवस्था पनि गरिएको छैन् । यस्तै स्यानिटाइजरको प्रयोग पनि भएको छैन । अस्थायी बजारको रुपमा रहेका यस्ता तरकारी बजारमा उपभोक्ताको भिडभाड अस्वभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ ।

सरकारले दुई साता अघि कालिमाटी तरकारी बजारमा भिडभाड बढेको भन्दै उपत्यकाका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालनमा ल्याएको थियो । यसबाहेक पनि व्यापारीहरुले उपत्यकाका कतिपय चोकमा सडकमै तरकारी विक्री गर्ने गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);