बजारमा तरुल किन्ने उपभोक्ताको भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बजारमा तरुल किन्ने उपभोक्ताको भिड

tarul

काठमाडौं, २७ पुस । माघे संक्रान्ति नजिकिदै गर्दा बजारमा यतिबेला जताततै तरुल मात्र देख्न सकिन्छ । विशेष गरी माघेसंक्रातीका दिन माघ १ तरुल खाने प्रचलन रहेकाले बजारमा तरुल किन्ने उपभोक्ताको भिड देख्न सकिन्छ ।

माघे संक्रान्तिको आगमन नजिकिएसंगै उपत्यकाको तरकारी बजारमा उपभोक्ताको चहलपहल पनि बढ्दो छ । हिन्दु परम्परामा विशेषगरी संक्रान्तिको समयमा तरुल, पिडालु, सखरखण्ड जस्ता कन्दमुल खाईने परम्परा अनुसार यतिबेला बजारमा विभिन्न किसिमका तरुलको माग बढेको छ । माघेसंक्रातीका लागि बजारमा तरुल किन्ने उपभोक्ताहरुको भिड पनि त्यतिकै छ ।

बजारमा यतिबेला घरतरुल वनतरुल, सिमलतरुल, आकासे तरुल, पाताले तरुल, हातीपाईले, पिडालु, संक्करखण्ड, ईस्कुसका जरा लगायत विभिन्न किसिमका तरुलहरु विक्रिमा राखिएका छन् । तरुल केजीको एक सय देखी ३ सय ५० रुपैया सम्ममा विक्रि भईरहेको छ । एउटा पसलबाट दैनिक ५ देखी ६ टन तरुल विक्रि हुने गरेको ब्यापारीको भनाई छ ।

माघे संक्रातीमा तरुलको खपत बढी हुने भएकाले माग अनुसार पुर्याउन गाह्रो भएको ब्यबसायी बताउँछन् । नेपाली परम्परा अनुसार विभिन्न किसिमका कन्दमुल पुषमा पकाएर माघे संक्रातीका दिन घिउचाकु र तरुल खाने परम्परा रहि आएको छ । गत वर्षको संक्रातीका लागि १ हजार २ सय टन तरुल कालीमाटी तथा फलफुल बजारमा भित्रिएको थियो भने यस वर्ष एक साताको अवधिमा ८० देखी ९० टन तरुल भित्रिईसकेको छ ।

यतिबेला बजारमा ब्यापारीहरुलाई तरुल विक्रि गर्न भ्याईनभ्याई छ । काठमाडौ उपत्यकामा विशेषगरी सर्लाहिबाट आकासे र पाताले जातका तरुल बढीमात्रामा भित्रिएका छन् । त्यस्तै बन तरुल घर तरुल धादीङबाट भित्रिएको छ भने चितवनबाट पनि विभिन्न जातका तरुल उपत्यकामा भित्रिने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);