नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयन

xi and oli

काठमाडौं, २७ पुस । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ । आइतबार उद्येग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग सचिव बैकुण्ठ अर्यालले सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका सातवटा बन्दरगाह प्रयोग गर्न सक्ने जानकारी दिनुभयो ।

पारवहन सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका चारवटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो । सचिव अर्यालले दिनुभएको जानकारी अनुसार चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी चारवटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्नसक्ने छ ।

त्यसैगरी तीन सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्सेपनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ । यहि जनवरी १ बाट पारबहन सम्झौता कार्यान्वयनमा आएको हो ।

चीन तर्फका ६ वटा नाकाहरु प्रयोग गर्ने सहमति पनि भएको छ । रसुवा र तातोपानी (कोदारी) नाका यसअघि नै सञ्चालनमा आइसकेको छन् भने हुम्लाको यारी सुंखवासभाको किमाथाङ्का, मुस्ताङको कोरला र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाका व्यपारका लागि नेपालले प्रयोग गर्न सक्ने छ ।

भारतसँग भएको पारबाहन सम्बन्धि सन्धि पनि तत्कालका लागि नविकरण भएको छ । सचिव अर्यालले सन्धिमा आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पुरा गरेको बताउनुभयो । अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको व्यापार घाटामा पनि कमि आएको जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);