फलाम उत्खननको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

फलाम उत्खननको तयारी अन्तिम चरणमा

falam utkhanan

काठमाडौं, २७ पुस । सरकारले नवलपरासीमा भेटिएको फलामखानिबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवलपरासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उद्योग सचिव याम कुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताउनुभयो ।

त्यसैगरी सचिव खतिवडाले दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको उल्लेख गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);