माघे संक्रान्ति नजिकिँदै गर्दा बजारमा चाकु र तरुलको माग बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माघे संक्रान्ति नजिकिँदै गर्दा बजारमा चाकु र तरुलको माग बढ्दै

काठमाडौं, २५ पुस । माघे संक्रान्ति नजिकिँदै गर्दा बजारमा तरुल र चाकु देख्न सकिन्छ । माघे संक्रान्तिमा तरुलसंगै घिउ चाकु पनि खाईने हुँदा काठमाडौं टोखाका व्यवसायी चाकु उत्पादनमा व्यस्त देखिएका छन् ।

विशेष गरी माघे संक्रान्तिका दिन घिउ चाकु र तरुल खाने प्रचलन पहिला देखिनै चलि आएको हो । यतिबेला तरुल र चाकुको माग धेरै हुने भएकाले ब्यापारीहरुलाई भ्याई नभ्याई हुने गर्छ ।

उपत्यका भित्र विशेष गरी टोखामा बनेको चाकु निकै प्रशिद्ध मानिन्छ । माघे संक्रान्ति पर्व नजिकिएसंगै टोखामा चाकु उत्पादन गर्न व्यवसायी र स्थानीयको व्यस्थता बढेको छ ।

माघे संक्रान्तिका लागि ब्यबसायीहरु मंसिर महिना देखि नै चाकु र तिलको लड्डु बनाउन सुरु गर्दछन । एक सिजनमा मात्र २० देखि २२ लाख सम्मको ब्यापार हुने र खर्च कटाएर ५ देखी ७ लाख सम्म आम्दानी हुने ब्यापारीहरु बताउँछन् ।

चाकु जस्तै माघे संक्रान्तिमा खाईने विभिन्न जातका तरुल पनि यतिबेला बजारमा जताततै देख्न सकिन्छ । माघे संक्रान्तिमा चाकु संगै तरुल पनि खाईने हुँदा यतिबेला बजारमा तरुलको ब्यापार ह्वात्तै बढेको छ ।

गत वर्षको संक्रान्तिका लागि १ हजार २ सय टन तरुल कालीमाटी तथा फलफुल बजारमा भित्रिएको थियो भने यस वर्ष एक साताको अवधिमा ८० देखी ९० टन तरुल भित्रिएको छ । एउटा पसलबाट दैनिक ५ देखी ६ टन तरुल विक्रि हुने गरेको कालिमाटीका ब्यापारीको भनाई छ ।

माघे संक्रान्तिका दिन चाकु र तरुल खाएमा चिसो नलाग्ने मान्यता अनुसार त्यस दिन मानिसहरुले घिउचाकु र तरुल खाने गर्दछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);