काठमाडौ,२७ पुष । माघे सक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाको व्यस्तता बढेको छ । सक्रान्तिमा खपत हुने चाकु टोखामै उत्पादन हुने भएकाले पर्व नजिकिएसँगै टोखावासीको व्यस्तता बढेको हो ।
टोखाको इतिहासलाई झन् टोखामा उत्पादित चाकुले पनि चिनाउने काम गर्दछ । टोखालाई चाकु उत्पादनको उद्घम् बिन्दु भन्दा पनि हुन्छ किनभने टोखावाट नै चाकुको व्यवसायीक यात्रा अगाडी बढेको र अहिले बिश्वबजारमा समेत यहि चाकु निर्यात हुन थालेको छ । टोखामा उत्पादित चाकु भने देशभर प्रख्यात रहेको छ ।
टोखा काठमाडौं उपत्यकाको पुरानो शहर हो । ऐतिहासिक र सांस्कृतिक हिसाबले टोखाको आफ्नै महत्व छ । सांस्कृतिक महत्व बोकेको टोखा यतिबेला निकै व्यस्त छ । टोखा यतिखर व्यस्त हुनुको मुख्य कारण नजिकिएको माघे सक्रान्ति पर्व हो ।
हिसाबले टोखाको परिचय यतिमै सीमित छैन । माघे संक्रान्ति नजिकिंदै जाँदा अहिले टोखामा चाकुको व्यवसायीक उत्पादन गर्दै आएका व्यवसायीलाई भ्याई नभ्याई छ । सदाबाहार चाकुको उत्पादन केन्द्र टोखामा माघे सक्रान्तिमा स्थानीयबासी बढी व्यस्त हुने गर्दछन् ।
धार्मिक तथा सांस्कृतिकरुपमा धनी टोखाको अर्को परिचय हो पनि हो चाकु । गुलियो चाकु भित्र टोखाको विशिष्ठता अनि परम्परागत झल्को पाइने स्थानीयको भनाइ छ । चाकु सख्खरलाइ आगोमा पकाएर त्यो पकाएको झोललाइ जमाएपछि चाकु बन्दछ । जाडो महिनामा चाकु खाँदा शरीरमा न्यानो हुने विश्वास रहेका कारण जाडोयाममा चाकुको माग बढ्ने गरेको छ ।
टोखा क्षेत्र भित्रमात्रै १० बटा चाकु कारखाना रहेका छन् । टोखाका चाकु व्यवसायीले घरेलु कारखाना नै खोलेका छन् । चाकु कारखानाहरुमा सादा चाकु, खुवा चाकु, बदाम चाकु, किसमिस चाकु, मसला चाकु, सुत्केरी चाकु र झोल चाकु र तिलको लड्डु लगायत विभिन्न परिकार उत्पादन हुने गर्छन् । एउटा कारखानाले सिजनमा लाखौको कारोवार गर्ने गरेका छन् । यो व्यवसायलाइ प्रचारप्रसार गर्न पाएको खण्डमा चाकुको व्यवसाय झनै फस्टाउने स्थानीयको भनाइ छ ।
घ्यु र चाकु खाने माघे संक्रान्ति पर्व नजिकिँदै छ, यतिबेला चाकु उत्पादन गर्नेहरुको व्यस्तता पनि निकै बढेको छ । विभिन्न ठाउँबाट अर्डर आउने भएकाले यस क्षेत्रका चाकु व्यापारीहरू माघे संक्रान्ति आउनु दुई महिनाअघिदेखि नै व्यस्त हुने गर्छन् ।





