चमेलिया जलविद्युत आयोजनाले माघ ६ गतेदेखि विद्युत उत्पादन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चमेलिया जलविद्युत आयोजनाले माघ ६ गतेदेखि विद्युत उत्पादन गर्ने

timthumb.php_-3

काठमाडौं, २७ पुष । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना १० वर्षमा तयार, लागत १५ अर्ब, आयोजनाले माघ ६ गतेदेखि विद्युत उत्पादन गर्ने ।

निर्माण सुरु भएको १० वर्षपछि चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गर्ने भएको हो । आयोजनामा दुई वटा युनिट रहेकामा एउटा युनिटबाट उत्पादित विद्युत भोलि राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ भने अर्को युनिट एक महिनापछि सञ्चालनमा आउने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।

६ दिनको लोड रिजेक्सन र ३ दिनको रिलायबिलिटी टेस्टपछि आयोजनाबाट नियमित विद्युत उत्पादन हुने दाहालले बताए । आयोजनाको निर्माण अवधि लम्विदा लागत पनि उल्लेख्य रुपमा बढेको छ । ८ अर्ब रुपैयाँमा निर्माण गर्ने भनिएको आयोजनामा १५ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजना चिनीयाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले निर्माण गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);