चमेलिया जलविद्युत् आयोजना निर्माण सुरु भएको ११ वर्षपछि उद्घाटन तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चमेलिया जलविद्युत् आयोजना निर्माण सुरु भएको ११ वर्षपछि उद्घाटन तयारी

chamiliya jalbidhut

काठमाडौं, २५ माघ । ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना निर्माण सुरु भएको ११ वर्षपछि उद्घाटन तयारीमा पुगेको छ । पटक–पटक समय र लागत थपिँदै, कहिले बन्द त कहिले सुचारु हुँदै जाने क्रममा निर्धारित समयभन्दा ७ वर्ष पछि उत्पादन कार्य सम्पन्न भएको छ ।

विद्युत विकासमा क्षेत्रीय सन्तुलन कायम गर्ने भन्दै शेर बहादुर देउवाकै पहलमा झण्डै २ दशकअघि थालिएको निर्माण प्रक्रिया विभिन्न भौगोलिक जटिलता, बन्द हडताल, प्राकृतिक प्रकोप, भ्रष्टाचार गतिविधि, ठेकेदारको लापरबाही, अनुगमन तथा नियमनमा बेवास्ता लगायत कारणले आयोजनाबाट करिब ७ वर्ष ढिलो विद्युत् उत्पादन भएको छ । यसको लागत साढे ८ अर्ब अनुमान गरिएकोमा आयोजना पूरा हुंदा सम्म करिब १५ अर्ब ९० करोड रुपियाँ खर्च भएको छ । जलविद्युत् आयोजनाको लागत प्रतिमेगावाट १५ करोड रुपियाँ मान्ने हो भने चमेलियामा ५३ करोड रुपियाँ पुगेको छ ।

नेपालको इतिहासमा सम्भवतः अहिलेसम्मकै महँगो आयोजना भएको छ । चमेलिया सुदूरपश्चिममा निर्माण भएको अहिलेसम्मकै ठूलो आयोजना हो । आयोजनाले हाल १५–१५ मेगावाटका दुई युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ । वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन आयोजनाको तर्फबाट हुन देखिएको छ । आयोजनाका अनुसार यसबाट वार्षिक रू एक अर्ब १० करोड आम्दानी हुनेछ । आयोजना चाइना गेजुवा गु्रप अफ कम्पनी सीजीजीसीले निर्माण गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);