माघे संक्रान्ति नजिकिएसंगै टोखाका चाकु व्यवसायीलाई भ्याई नभ्याई | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

माघे संक्रान्ति नजिकिएसंगै टोखाका चाकु व्यवसायीलाई भ्याई नभ्याई

chaku

काठमाडौं, २९ पुस । माघे संक्रान्ति नजिकिदै जाँदा अहिले टोखामा चाकुको व्यवसायिक उत्पादन गर्दै आएका व्यवसायीहरुलाई भ्याई नभ्याई छ । माघे संक्रान्तीको अबसरमा चाकुुले बिशेष महत्व पाउने गर्दछ । चाकुले नेपाली समुदायमा छुट्टै महत्व राखेको पाइन्छ ।

माघे सक्रान्तिमा माग हुने चाकु उत्पादनमा अहिले टोखाबासीलाई भ्याईनभ्याइ छ । चाकु खाने संस्कृति र महत्व बुझ्न टोखा आफैंमा पर्याप्त छ । भनिन्छ, चाकु उत्पादनको व्यवसायीक इतिहास टोखासगँ जोडिएको छ । अहिले टोखामा झण्डै दर्जनको हाराहारीमा चाकु उद्योगहरु खुलेका छन । उपभोक्ताहरुले टोखाको चाकुलाई अधिक मन पराउने गरेका कारण पनि टोखामा यो व्यवसाय फष्टाउँदो छ । त्यतिमात्र होइन, नयाँ पुस्तामा समेत यो व्यवसायमा आकर्षण बढेको देखिन्छ ।

पौराणिक महत्व बोकेको चाकु संस्कृतिमा कमी आउन नदिन टोखाबासी लागि परेका छन् । उनीहरु चाकुको बखान मात्र गर्दैनन् यसको महत्व पनि दर्शाउँछन् । अहिले टोखामा चाकु उद्योगीहरुलाई बोल्ने फूर्सदसम्म छैन । तर, पनि टोखाको चाकु व्यवसायले बजार धान्न सक्ने अवस्था रहेको छैन ।

टोखामा पहिले पहिले उखु प्रशस्त उत्पादन हुने भएकाले टोखाको नामाकरण नै उखुवाट भएको भन्ने भनाई छ । चाकु बनाउन सखर प्रयोग हुने भएकाले चाकुको इतिहास टोखामा भेटिने गर्दछ ।

चाकु खाँदा जाडोले छुँदैन भन्ने भनाइ छ । त्यसैले जाडोमा चाकुको प्रयोग बढी हुन्छ । नेपालमा धेरै जाडो हुने माघ महिना, अझै विशेषत माघे संक्रान्तिका दिन चाकुको किनबेच धेरै हुन्छ । त्यसैले चाकु बनाउनेहरुले यही समयलाई लक्षित गरी बनाउँछन् ।

पुसमा अत्यन्तै जाडो हुने र यसबाट शरिरको तापक्रम पनि घट्ने हुनाले माघे संक्रान्तिमा ध्यु, चाकु , तीलको लड्डु र तरुल खाने परम्परा चल्दै आएको छ । मकर संक्रान्ति, माघी, मगर दिबस आदि नामले चिनिने माघे संक्रान्ति नेपालका विभिन्न समुदायले मनाउने प्रमुख चाड हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);