नेपाल इञ्जिनियरिङ कलेज : करौडौ भ्रष्टाचार बारे छान बिन गर्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेपाल इञ्जिनियरिङ कलेज : करौडौ भ्रष्टाचार बारे छान बिन गर्न संसदीय समितिको निर्देशन

SIKSHA SAMITI

भक्तपुर, २९ पुस । भक्तपुर संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छान बिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आईतबार बसेको बैठकले उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सदस्य योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमितिले सो कलेजमा व्यापक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बैठकमा पेश गरेको थियो ।

सोही प्रतिवेदनलाई अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे छानवीन गर्न तत्काल मन्त्रालयका सहसचिवको नेतृत्वमा छानवीन समिति गठन गरी कामकार्वाही अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति जयपुर घर्तीमगरले जानकारी दिए । शिक्षा तथा स्वास्थ्य समिति उपसमितिले तयार पारेको प्रतिवेदनमा उक्त कलेजमा करोडौंको भ्रष्टाचार देखिएको उल्लेख गरिएको छ ।

नेपाल इन्जिनियरिङ कलेज भक्तपुर जिल्ला प्रशासन कार्यालयमा २०६० साल भदौं ४ गते सामाजिक संस्थाको रुपमा दर्ता गरिएको उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको १ सय ७४ रोपनी सार्वजनिक जग्गामा सो कलेजको संरचना निर्माण गरिएको छ । तर तत्कालीन अध्यक्ष न्यौपानेले सो कलेज प्रशासनलाई थाहानै नदिई निजी कम्पनीको रुपमा दर्ता गरेपछि विवाद सुरु भएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);