घाँँस बेचेर मनग्गे आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

घाँँस बेचेर मनग्गे आम्दानी

ghas bacher

राजकुमार श्रेष्ठ
तनहुँ, २९ पुस । घाँँस बेचेर आम्दानी गरेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर, तनहुँका बामदेव खनाल घाँस बेचेरै दैनिक खर्च देखि राम्रो आन्दानी गर्न सफल भईरहेका छन् ।

म्याग्दे गाउँपालिका–१, तनहुँ गुणादीका बामदेव खनाल करीब दुई दशकदेखि घाँसको खेती गर्दै आएका छन् । ४० रोपनी आफ्नै र ३० रोपनी भाडाको जग्गा गरी हाल उनको ७० रोपनी क्षेत्रफलमा घाँस खेती छ । शुरुवाती बर्षहरुमा खासै आम्दानी नभए पनि त्यसपछिका बर्षहरुमा मनग्य आम्दानी गर्न सफल भएको खनाल बताउँछन् । अहिले खनालले उत्पादन गरेको घाँस झापा, मोरङ, तेह्रथुम, डोटी, डडेल्धुरा, बैतडी लगायतका जिल्ला सम्म पुग्छ ।

२०५४ सालमा तत्कालिन जिल्ला पशु सेवा कार्यालय तनहुँले तालिम दिएपछि खनाल घाँस खेती तर्फ आकर्षित भएका थिए । शुरुवाती दिनमा ठुलै कष्ट व्यहोरेका बामदेवको बारीमा अहिले नेपीयर, सिओथ्री, अष्ट्रेलियनमा सोम्वर र डाले घाँसमा रायखनिया, बडहर, निमारे, चुरेक्रो, बदामे किम्बु लगायत छन् । आफु सामान्य भएपनि घाँस हेर्नका लागि विभिन्न स्थानवाट मानिसहरु आउने गरेको र प्रशसा गर्दा खुशि लाग्ने खनाल बताउँछन् ।

मेहनत गरे विदेशमा मात्र हैन, स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिने विज्ञहरुले बताउने गरेका छन् । यसको पछिल्लो उदाहारणका पात्र बनेका छन् बामदेब खनाल । सरकारले कुषि क्षेत्रमा आकर्षित गर्ने नयाँ नयाँ कार्यक्रम ल्याउन सके खनाल जस्तै धेरैले बैदेशिक रोजगारीलाई त्यागेर स्वदेशमा स्वरोजगार बन्ने तनहुँका स्थानीयको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);