यस कारणले गत बर्ष भन्दा यसपटक सस्तियो तरुलको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

यस कारणले गत बर्ष भन्दा यसपटक सस्तियो तरुलको भाउ

tarul

काठमाडौं, ३० पुस । यस वर्षको माघे संक्रान्तिमा काठमाडौंमा तरुलको मूल्य सस्तिएको छ ।

माग भन्दाबढि तरुल बजारमा भित्रिएपछि यस वर्ष गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । माघे संक्रान्तिलाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ । यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए ।

बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढि प्रतिकेजी ३ सय रुपैयामा बिक्री भैरहेको छ । त्यसैगरी तरुल प्रतिकेजी ५० रुपैयाँ, हात्ति पाईले तरुल बढिमा १ सय २० रुपैयाँमा बिक्री भईरहेको छ । बजारमा यसवर्ष घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल पनि भित्रिएको छ ।

अहिले सबैभन्दा बढि तरुल सर्लाही जिल्लाबाट काठमाडँौ भित्रिएको छ । हरेक वर्ष पुस महिनामा सबैभन्दा बढि तरुल विक्री हुने गर्दछ । माघे संक्रान्तिलाई तरुलको संक्रान्तिको रुपमा लिने भएकाले यस समयमा तरुलको विक्री अत्याधिक हुने गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);