२५ कठ्ठा सार्वजनिक जग्गा नीजि बनाउन खोजेको भन्दै स्थानीयको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

२५ कठ्ठा सार्वजनिक जग्गा नीजि बनाउन खोजेको भन्दै स्थानीयको विरोध

jagga bibad birgunj

राजु प्रसाद साह
वीरगन्ज, ३० पुस
। वीरगन्ज महानगरपालिका–१६, भन्सार स्थित करीब २५ कठ्ठा सार्वजनिक जग्गा एक व्यक्तिले नीजि बनाउन लागेको भन्दै स्थानीयहरु विरोध उत्रिएका छन् । उनीहरुले प्रशासनको मिलेमतोमा ऐलानी जग्गा निजी बनाउन लागेको भन्दै सोमवार वडा प्रहरी कार्यालय बिर्ता अगाडी केही वेर धर्ना समेत दिए ।

वीरगन्ज महानगरपालिका–१६, को भन्सार, ईनरवा स्थित करीब २५ कठ्ठा सार्वजनिक जग्गा नीजि बनाउन लागेको भन्दै स्थानीयहरु विरोध उत्रिएका छन् । उनीहरुले प्रशासनको मिलेमतोमा इनरुवाकै मेघराज यादवले निजी बनाउन लागेको भन्दै स्थानीयहरुले सोमवार वडा प्रहरी कार्यालय बिर्ता अगाडी केहीबेर बिरोध पर्दशन समेत गरे ।

स्थानीयहरुका अनुसार बिवादित उक्त जग्गा एकसय वर्षदेखि ऐलानी रुपमा रहेको छ । त्यहाँ समसानघाट र छठ पुजा गरिन्थ्यो । तर, ईनारवाकै मेघराज यादवले मेरो भनि दावी गरेपछि विवाद शुरु भएको स्थानीयको भनाई छ ।

यादवले नीजी प्रयोजनका लागि सोमवार केही सहयोगी सहित छठ घाटलाई उखेली फाल्न थालेपछि स्थानीयहरु त्यसको प्रतिकारमा उत्रिएका थिए । गाउँलेबीच भएको विवाद कारण केही व्यक्तिहरु समेत घाइते भएका थिए ।

यता, वडा प्रहरी कार्यालय विर्ताले भने स्थिती अहिले सामान्य रहेको प्रतिक्रिया दिएको छ । विर्ताका प्रहरी निरीक्षक निशान थापाले अदालतबाट फैसला गर्ने गरी दुवै पक्ष सहमतिमा आएको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);