सार्वजनिक जमिन भू-माफियाको पकडमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सार्वजनिक जमिन भू-माफियाको पकडमा

बारा,२३ भदाै । बाराको कोल्हवी नगरपालिका वडा नं. १ स्थित बजार क्षेत्रको सार्वजनिक जमिन भू—माफियाको पकडमा छ । भूमाफियाले सार्वजनिक जग्गा अतिक्रमणको विरुद्धमा स्थानीयले विरोध गर्दै आएको दश वर्ष भएको छ। तर,अतिक्रमित सार्वजनिक जग्गा अझै सार्वजनिक हुन सकेको छैन।

बाराको कोल्हवी नगरपालिका वडा नं. १ स्थित बजार क्षेत्रको किता नं. १ सय ९ को ५ विगाहा निजीको नाउमा जग्गाधनी पूर्जा छ । व्यक्तिले ४ कठ्ठा सार्वजनिक जग्गाको जग्गाधनी पूर्जा लिएको रहस्य बाहिरिएपछि स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले विगत १० वर्षदेखि सार्वजनिक जग्गा सार्वजकि बनाउन माग गर्दै आएका छन् । उल्टै जग्गा कब्जा गरेर व्यापारीहरुले पक्की संरचना खडा गरेका छन् ।

यस सार्वजनिक जमिन कोल्हवी नगरको मुख्य क्षेत्र , व्यापारीक क्षेत्र , कार्यालय क्षेत्र भएकोले प्रतिधुर पाँच लाखदेखि १०र१५ लाख मूल्यसम्म पर्ने स्थानीयको आंकलन छ । यसरी समान्य हिसाबले पनि सय करोड (एक सय करोड) भन्दा बढी मूल्य पर्ने यस सार्वजनिक जमिन विभिन्न प्रपञ्चमा हत्याउँन भू—माफिया गिरोह निरन्तर सक्रिय छन् ।

यस सार्वजनिक जमिन व्यक्तीको नाउँमा पूर्जा झिक्ने तीन जना भु—माफियालाई गत २०६७ साल फागुन ९ गते प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो ।

बारा कोल्हवीको हाट बजार क्षेत्रको सार्वजनिक एवंम् ऐलानी जमिनको पुर्जा बनाई बिक्री तथा भोगचलन गर्ने योजना बनाएका बारा कोहल्वीका हरिवंश प्रसाईं , पारसनाथ चौधरी र अमेरिका चौधरीलाई पक्राउ गरी एक महिना जिल्ला प्रहरी कार्यालय बाराको थुनामा राखेर त्यस बेला जनही २०/२० लाख धरौटी लिई छोडेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);