बादी तथा दलित समुदायका १३ परिवारले जग्गाधनी लालपुर्जा पाएपछि खुसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बादी तथा दलित समुदायका १३ परिवारले जग्गाधनी लालपुर्जा पाएपछि खुसी

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. २ का बादी तथा दलित समुदायका नागरिकहरु वषौँदेखि अर्काको जमिनमा झुपडी बनाएर सुकुम्बासीको रुपमा बस्दै आएका थिए ।

तर अहिले प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा आफ्नै जमिन र बस्ने बास पाएका छन् । सरकारको सहयोगको कारण उक्त जग्गाको लालपुर्जा पाएको र बस्ने बासको सुनिश्चित भएको भन्दै उनिहरुले नमुना वस्ती बनाउने बताएका छन् ।

मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिकाले वडा नं. २ भद्रीखोला नजिकै १० लाख ९९ हजार ९ सय ६७ रुपैंयामा २ रोपनी ४ आना १ पैसा जग्गा किनेर शौचालय सहितको व्यवस्थित २ कोठे आवास निर्माण भईरहेको छ ।

अहिले कुल १३ वटा घर निर्माणको काम भईरहेको छ । गरिबीको रेखामुनि रहेका जनताको जिवनस्तर उकास्नकोलागि प्रदेश र स्थानीय सरकारले यो कार्यक्रम अगाडी सारेको हो ।

प्रदेश सरकार र सन्धिखर्क नगरपालिकाले जग्गा र घर निर्माण गरिदिएपछि सहि तरिकाले सदुपयोग गर्न आग्रह गरेको छ । अब दैनिक जीविकोपार्जनका लागि समय दिनुपर्ने नगरपालिकाले जनाएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत अर्घाखाँचीका ६ वटै पालिकामा विभिन्न किसिमका आयआर्जन मुलक कार्यक्रमहरु चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);