सार्वजनिक जग्गा निजी बनाएको भन्दै स्थानीयले मालपोत कार्यालय गरे घेराउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सार्वजनिक जग्गा निजी बनाएको भन्दै स्थानीयले मालपोत कार्यालय गरे घेराउ

bara

श्याम गुप्ता
बारा, १ माघ । सार्वजनिक जग्गा निजी बनाएको भन्दै बाराका स्थानीयहरुले मालपोत कार्यालय घेराउ गरेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ स्थित मथुरापुर टोलमा ११ जनाले करिब ८ विघा जग्गा आफ्नो नाममा गराएको विरोधमा स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

सार्वजनिक जग्गा निजी बनाएको भन्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ का स्थानीयहरुले विरोध प्रदर्शन गर्दै मालपोत कार्यालय घेराउ गरेका छन् । जिल्लाको जीतपुरसिमरा उपमहानगर वडा नं.१९ स्थित मथुरापुर टोलमा ११ जनाले करिब ८ विघा चार कठ्ठा ३ धुर जग्गा आफ्नो नाममा गराएकोमा स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन् ।

स्थानीयहरुले विवादित जग्गा पहिले देखि नै धार्मिक स्थल छठिमाईको घाट , विद्यालय , सार्वजनिक सडक र केही गरिब तथा विपन्न परिवारले भोगचलन गर्दै आएको बताएका छन् । अहिले आएर एघार जनाले उक्त जग्गा आफ्नो नाममा पास गराएको उनीहरुको आरोप रहेको छ । सुकुम्बासिको नाममा हुकुम्बासीले पैसाको भरमा गाविस सचिव , मालपोतका कर्मचारी तथा केही पहुँच वालालाको सहयोगमा सो जग्गा आफ्नो नाममा गरेको स्थानीयको आरोप छ ।

यता, मालपोत कार्यालय सिमराले भने मालपोत कार्यालयले नभई सुकुम्वासी आयोगले पुर्जा दिएको जनाएको छ । कार्यालय प्रमुख मदन प्रसाद गुप्ताले जग्गा विवादको मुद्दालाई टुङ्ग्याउन थप निरिक्षण गरिने जानकारी दिए ।

पूर्खाैँ देखि सार्वजनिक रुपमा भोग चलन गर्दै आएको जग्गालाई केही व्यक्तिहरुले आफ्नो पद र पैसाको बलमा निजीकरण गरेकोमा स्थानीयहरु आक्रोसीत भएका छन् । अदालतले पनि निर्णय सुनाउन ढिलाई गरेपछि स्थानीयहरुमा थप चिन्ता सिर्जना भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);